पेट्रोलियम उद्योगले साधारणतः एक वर्षभन्दा बढी अवधिको व्यापारिक आयु वा मूल्य भएको मालसामानहरूको लागि गरेको सबै खर्चहरू र देहाय बमोजिमका खर्चहरू समेत पूँजिगत खर्च मानिनेछः–
(क) व्यापारिक उत्पादन दिन भन्दा अघिको पेट्रोलियम कार्यसँग सम्बन्धित खण्ड (ख) देखि (च) सम्ममा समावेश नभएको हदसम्मको सबै
खर्चहरू ।
(ख) व्यापारिक उत्पादन दिनपछि करार क्षेत्रमा गरिएका अन्वेषण एवं सम्भाव्यता कार्यसम्बन्धी सबै खर्चहरू र विकास इनार खन्न, परीक्षण गर्न र पूरा गर्न तथा पेट्रोलियमको उत्पादन, शुद्धिकरण, सञ्चय र ओसार पसार गर्नको निमित्त स्थायी सुविधाहरूको निर्माण गर्न
गरिएका सबै खर्चहरू ।
(ग) नेपाली नागरिकहरूलाई शिक्षा तथा तालीम दिनको लागि गरेको खर्चहरू ।
(घ) साइस्मिक तथा अन्य सूचना र प्रतिवेदनहरू खरीद गर्नको लागि नेपाल सरकारलाई तिरेको शुल्कहरू ।
(ङ) पेट्रोलियम सम्झौता बमोजिम अधिकार प्राप्त गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धमा गरेको खर्चहरू ।
(च) व्यापारिक उत्पादन दिनपछि पेट्रोलियम सम्झौता बमोजिम पेट्रोलियम कार्यमा गरेका सबै अन्य पूँजिगत खर्चहरू ।